घुस लिएको आरोप एक मेयर पक्राउ

admin

काठमाडौं :  रौतहटमा एक मेयरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प क्रा उ गरेको छ। देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेललाई अख्तियारको टाेलीले दुई लाख ५० हजार रुपैयाँको चेकसहित प क्रा उ गरेको हो।

साेही नगरपालिका-१ का अध्यक्ष शेख नुरुल्लाहसँग घुस लिएको आरोपमा अख्तियार टोलीले उनलाई प क्रा उ गरेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले जानकारी दिए।

मेयर पटेल, उनका स्वकीय सचिवलगायत चारजना प क्रा उ परे पनि उनीहरूको बारेमा शाहीले थप जानकारी दिन मानेनन्।

प्रतिक्रिया