वडाध्यक्ष आलेको भिरबाट खसेर मृ त्यु

admin

दमौली , १५ फागुन: तनहुँको देवघाट गाउँपालिका–३ का वडाध्यक्ष कीर्तिमान आलेको भिरबाट खसेर मृ त्यु भएको छ ।

वडा कार्यालयबाट घर फर्किने क्रममा भिरबाट खसेर वडाध्यक्ष आलेको मृ त्यु भएको प्र ह रीले जनाएको छ ।

बिहीबार वडा कार्यालय सकेर घर फर्किंदै गरेका आलेको भिरबाट खसेको अवस्थामा आज श व फेला परेको इलाका प्र ह री कार्यालय देवघाटका प्र ह री नायब निरीक्षक एकनारायण पोख्रेलले जानकारी दिए।

उनका अनुसार वडाध्यक्ष शवको भिरबाट तल ३०र४० मिटर तल खसेको थियो । वडाध्यक्ष आले बिहीबारदेखि घर नफर्किएको परिवारलाई उद्धृत गर्दै प्र ह री नायब निरीक्षक पोख्रेलले बताए।

‘वडा कार्यालयबाट निस्किए पनि उहाँ बिहीबारदेखि घर पुग्नुभएको रहेनछ, आज भिरबाट लडेको अवस्थामा श व भेटियो,’ उनले भने । उनका अनुसार श व को मुचुल्का गरेर शवपरीक्षणका लागि दमौली अस्पताल पठाउने तयारी गरिएको छ । वडाध्यक्ष थापा २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया