दूधको गाडी र बसमा तोडफोड, केही बन्दकर्ता प क्रा उ

admin

काठमाडौं, १६ फागुन: अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सम्झौता आइतबार संसदबाट पासर गरिएको विरोधमा सोमबार घोषणा गरिएको नेपाल बन्द प्रभावहीन देखिएको छ।

राजधानीका मुख्य राजमार्ग तथा सडकहरुमा बिहानैदेखि सवारीसाधनको चहलपहल बाक्लो देखिएको हो। बजार तथा पसल खुलेका छन्।

मुख्य सडक तथा चोकहरुमा सुरक्षाकर्मीहरुको उपस्थिति रहेको छ। प्रहरीका अनुसार सडकमा गुड्ने सवारीसाधनको चाप क्रमशः बढिरहेको छ।

एमसीसी संसदबाट पास गरिएको विरोधमा ६ वटा साना कम्युनिष्ट संगठन र दुईवटा मोर्चाले सोमबार नेपाल बन्दको आह्वान गरेका हुन्।

मोहनविक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मसाल, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको अर्को नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादीलगायतका साना कम्युनिष्ट घटकले सोमबार बन्दको आह्वान गरेका छन्।

यसैबीच बन्द गराउन हिँडेका आधा दर्जन व्यक्तिलाई प क्रा उ गरिएको प्र ह रीले जनाएको छ। काठमाडौांका विभिन्न विभिन्न ठाउँबाट ती बन्दकर्ताहरुलाई प क्रा उ गरिएको महानगरीय प्र ह री परिसर काठमाडौँले जनाएको छ।

परिसरका अनुसार बन्दकर्ताले सुकेधारामा दूधको गाडी तो ड फोड गरेका छन्। त्यस्तै चाबहिल र कलंकीमा ३ वटा बसमा तो ड फोड गरिएको प्र ह रीले जनाएको छ।

 

प्रतिक्रिया