थप १८० जनामा कोरोना संक्रमण, एकको मृत्यु

admin

काठमाडौं, १६ फागुन: पछिल्लो २४ घण्टामा थप १८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २१८ जनाको पीसीआर परीक्षण गर्दा ११९ जना र ३ हजार १२३ जनाको एन्टिजेन परीक्षण गर्दा ६१ जना गरी १८० जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टाको अविधमा एक जनाको मृ त्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४०० जना कोरोना संक्रमणमुक्त भएका छन् भने ८ हजार २३५ जना संक्रिय संक्रमित रहेका छन् ।

सोमबार थप कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १६ हजार ३७१ पुगेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा मृत्‍यु कोरोनाबाट हुनेको संख्या ११ हजार ९३६ पुगेको छ भने ९ लाख ५६ हजार ४१३ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हाल ८ हजार २१ जना होम आइसोलेसनमा रहेका छन् भने २१४ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

हाल कोरोनाका बिरामीमध्ये ८० जना आईसीयू र ६ जना भेन्टिलेटरमा उपचाररत् पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया