प्रहरी र बन्दकर्ताबीच झ ड प

admin

सुर्खेत, १६ फागुन:  नेत्रविक्रम चन्द नेतृत्वको नेकपासहित ६ राजनीतिक दल र दुई मोर्चाले गरेको बन्दका क्रममा सुर्खेतमा झ ड प भएको छ ।

प्र ह री र बन्दकर्ताबीचको झ ड पले वीरेन्द्रनगरको मंगलगढी चोक तनावग्रस्त बनेको हो ।

स्थिति नियन्त्रणमा लिन प्र ह रीले दुई दर्जनभन्दा बढी सेल अश्रुग्याससमेत हानेको जिल्ला प्र ह री कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

तर, आन्दोलनकारीहरूले भने विभिन्न गल्लीबाट निस्किएर प्र ह रीमाथि ढुंगामुढा गरिरहेका छन् । प्र ह रीले १० जनाभन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया