बन्दकर्ताले एमालेको सुर्खेत कार्यालय जलाए

admin

सुर्खेत, १६ फागुन:  सुर्खेतमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको पार्टी कार्यलयमा आगजनी गरिएको छ ।

सोमबार साँझ एमाले पार्टी कार्यालयमा तोड फो ड र आगजनी भएको हो । एमसीसी सम्झौता अनुमोदनको विरोधमा नेपाल बन्दको आह्वान गरेका ८ दलले गरेको बन्द सुर्खेतमा आगजनी र तोडफोड भएको जनाइएको छ ।

वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ मा रहेको एमाले जिल्ला कार्यालयमा बन्दकर्ताले आगजनी गरेका हुन् । त्यस्तै उनीहरुले नेपाली कांग्रेस र माओवादी केन्द्रको पार्टी कार्यालयमा तोडफोड गरेका छन् ।

प्रहरी र बन्दकर्ताबीच साँझ ठाउँ ठाउँमा झडप समेत भएको छ । प्रहरीले केही बन्दाकर्तालाई प क्रा उ गरेको छ ।

प्रतिक्रिया