एमसीसी अनुमोदन भएसँगै मुलुक दुर्घटनाबाट जोगियो : प्रचण्ड

admin

काठमाडौं, १६ फागुन:  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी पारित भएसंगै मुलुक दु र्घ ट नाबाट बचेको बताउनुभएको छ ।

सोमबार खुलमटारमा पत्रकार सम्मेलन गर्दै प्रचण्डले शान्ति प्रक्रिया, संविधान र लोकतन्त्र खतरा पर्ने देखेपछि एमसीसी पारित गर्न सहमति जनाएको भन्दै मुलुक दु र्घ ट नाबाट बचेको बताउनुभएको हो ।

एमसीसी अनुमोदन भएसँगै गठबन्धन र सरकार जोगिएको र अब सरकारको ध्यान चुनाव गराउनेमा केन्द्रित रहने उहाले बताउनुभयो ।

त्यस्तै प्रचण्डले एमसीसी ब्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन भएकोमा खुसी व्यक्त गर्नुभयो । उहाले एमसीसीलाई संसदबाट संकल्प प्रस्ताव पारित गर्ने नेकपा हुदा नै प्रस्ताव गरेको तर तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेको आरोप पनि लगाउनुभयो ।

प्रचण्डले पहिले अमेरिकाले नेपाललाई ठूलो सहायता दिने भयो भनेर सबै खुसी भए पनि नेकपाको सरकार बनेपछि अनेक विषय आउँदा गिजोलिएको धारणा पनि राख्नुभयो ।

प्रचण्डले संसदबाट पारित गरिएको व्याख्यात्मक टिप्पणी अन्तर्राष्ट्रिय कानून अनुसार एमसीसीको अंग बन्ने दावी गर्नुभयो । एमसीसी विगतमा महाकाली सन्धिबारेको संकल्प प्रस्तावजस्तो हल्का नभएको उहाको भनाई छ ।

प्रचण्डले व्याख्यात्मक टिप्पणीबारे अमेरिकी दूतावासबाट पनि सकारात्मक संकेत आएको जिकिर गर्नुभयो । अमेरिकाले व्याख्यात्कम घोषणा नमाने एमसीसी खारेज हुने पनि उहाले बताउनुभयो ।

त्यस्तै उहाले एमसीसीको विरोध गनेवित्तिकै सबै जनताको सहानुभूति पाइने ठानेर पार्टीका केही नेताहरुले विरोध गरिरहेको टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया