कस्तो रहला आजको मौसम ?

admin

काठमाडौं, १७ फागुन: हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । आज मंगलबार बिहान देशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ।

बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।मंगलबार दिउँसो भने देशको पहाडी भू-भागमा आंशिक बदली हुनेछ । बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा हुनेछ ।

त्यस्तै, प्रदेश-१, गण्डकी प्रदेश तथा सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको मिौसम विभागले जनाएको छ ।

मंगलबार राती भने देशको पहाडी भू-भागमा आंशिक बदली हुनेछ । बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा हुनेछ ।

त्यस्तै,गण्डकी प्रदेशको हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना भएको महाशाखाले जनाएको छ।

प्रतिक्रिया