सुर्खेतमा कर्फ्यु जारी, सडकमा निस्किए प्रहरीले गोली हान्न सक्ने

admin

काठमाडौं, १७ फागुन: सुर्खेत जिल्ला प्र ह री कार्यालय सुर्खेतले आज कसैलाई पनि सडकमा ननिस्कन आग्रह गरेको छ ।

हिजो राति सवा आठ बजेदेखि लागेको कर्फ्युमा आन्दोलनकारीलाई नियन्त्रणमा लिन चोक–चोकमा पर्याप्त प्र ह री खटाइएको छ ।

जिल्ला प्रशासन कार्यालयमा रहेको जिल्ला सुरक्षा समितिको बैठकले आदेश उल्लंघन गर्नेलाई गो ली समेत हान्नसक्ने आदेश दिएको छ ।

‘हामी सकेसम्म परिस्थिति नबिग्रियोस् भन्नेमा केन्द्रीत भएका छौं । त्यसैले हिजो बेलुकादेखि नै कर्फ्यु आदेश जारी भएको स्थानमा निरन्तर सडकमा ननिस्कन नागरिकलाई माइकिङ गर्दै सूचना प्रबाह गरिरहेका छौं’, जिल्ला प्र ह री कार्यालय सुर्खेतमा प्रहरी डिएसपी रामप्रसाद घर्तीले भने, ‘अहिले परिस्थिति पूर्णरुपमा नियन्त्रणमा छ ।’

उनले हिजोको जस्तै अवस्था आए प्रशासनले दिएको आदेशअनुसार कारबाही गर्ने बताए ।

प्रतिक्रिया