भक्तपुरमा भेटियो शंकास्पद वस्तु

admin

काठमाडौं, १७ फागुन: भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–३ कौशलटारमा शं कास्पद वस्तु भेटिएको छ। मंगलबार बिहान ७ बजे भेटिएको शं का स्पद वस्तुलाई नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ।

महानगरीय प्र ह री परिसर भक्तपुरका प्रवक्ता प्र ह री नायव उपरीक्षक (डिएसपी) राजु पाण्डेले पेटीमा स्टिलको भाँडोभित्र निलो प्लाष्टिकले छोपेर बाहिर कालो र रातो तार निकाली उक्त भाँडोलाई कालो टेपले कभर गरेको अवस्थामा रहेको जानकारी दिए।

‘नेपाली सेनाको बम डिस्पोजल टोलीले ९ बजे डिस्पोज गर्दा उक्त भाँडोभित्र २ मिटर बिजुलीको तार, इँट्टाको धुलो, माटो र नो एमसिसी लेखेको कागज फेला परेको थियो’, उनले भने। यसबारे थप अनुसन्धान भइरहेको पाण्डेले जानकारी दिए।

 

प्रतिक्रिया