प्रचण्ड डराएका कारण एमसीसी पास भयो : अध्यक्ष विजुक्छेँ

admin

भक्तपुर,  १७ फागुन:  नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले प्रचण्ड डराएका कारण एमसीसी पास भएको बताएका छन् ।

एमसीसी पास हुनु देशका लागि विडम्बना भएको र गलत काम समेत भएको अध्यक्ष बिजुक्छेंले बताएभक्तपुरको ऐतिहासिक रानीपोखरीको उद्घाटन गर्दै उनले भने, ‘प्रचण्डमा एउटा त्रास छ ।

जनयुद्धको नाउँमा धेरै ह त्या हिंसा गरेको हुनाले अन्तर्राष्ट्रिय अदालतमा उभ्याउने डरका कारण एमसीसी पास गर्न सघाएको हो ।’

सो क्रममा उनले कला संस्कृति जोगाउनु नै मानव समाजको विकास गर्नु भएको चर्चा गर्दै सार्वजनिक र साँस्कृतिक सम्पदा नाश हुनुमा सरकारी कर्मचारीको लापरबाही भएको पनि उल्लेख गरे ।

प्रतिक्रिया