प्रतिनिधिसभा बैठक आज बस्दै

admin

काठमाडौं, १८ फागुन: प्रतिनिधिसभाको बैठक आज बस्दैछ। गत आइतबार संसदबाट एमसीसी पारित भएपछि स्थगित भएको बैठक आज दिउसो १ बजे बैठक बस्न लागेको हो।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८’ पेस गर्ने छन् भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

यस्तै, नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

प्रतिक्रिया