युक्रेनको टेलिभिजन टावरमा रुसी आक्रमण, पाँच जनाकाे मृ त्यु

admin

रुसी फौजले युक्रेनको राजधनाी किभको एक टेलिभिजन टावरमाथि हमला गर्दा गर्दा कम्तीमा पाँचजनाको ज्या न गएको युक्रेनको आपत्कालीन सेवासम्बन्धी निकायले जनाएको छ।

रुसले युक्रेनमा अब लक्षित हमला गर्ने चेतावनी दिएकै दिन टेलिभिजन टावरमाथि प्रहा र गरिएको हो। त्यस्तै रुसी क्षेप्यास्त्र प्र हा रमा पाँच जना घा इ ते भएको बीबीसीले उल्लेख गरेको छ। आ क्र म णबाट टेलिभिजन टावरनजिकै रहेको यहुदी नरसंहारका पीडितहरूको सम्झनामा बनाइएको एउटा स्मारकमा समेत क्षति पुगेको छ।

हमलापछि सामाजिक सञ्जाल ट्विटरमार्फत्‌ प्रतिक्रिया जनाउँदै युक्रेनी विदेश मन्त्रालयले रुसी अ प रा धीहरू आफ्नो बर्बरता देखाउन कतै पनि नरोकिने गरेको छ।

यसअघि युक्रेनी रक्षामन्त्री ओलेक्सी रेज्निकोभले रुसले सञ्चार सेवामा अवरोध उत्पन्न गराउने र युद्धमा युक्रेनको तर्फबाट आ त्मसमर्पण गरिएको भन्ने मिथ्या खबर फैलाउने योजना बनाइरहेको बताएका थिए।

रुसी अतिक्रमणवि रु द्ध उभिएपछि देशभित्र एक नायकका रूपमा उदाएका राष्ट्रपति जेलेन्स्कीले लडाइँ रोकिए मात्रै युद्धविराम सम्बन्धी वार्ता गम्भीर हुनसक्ने बताएका छन्।

प्रतिक्रिया