गालीको वर्षापछि दुर्गेशले लेखे यति लामो स्टाटस,भन्छन् नाबालिकलाई सहयोग गरेका हौँ

admin

काठमाडौं, १८ फागुन:  देशमा एमसीसी र नायक पल शाह प्रकरण लगभग एकै समयमा चर्कियो । सोमवार संसद्ले एमसीसी अनुमोदन गरेपछि यो विषय सेलाएको छ । तर, पल प्रकरणले अझै केही समय मिडिया र सामाजिक सञ्जाल तात्ने देखिन्छ ।

फागुन ११ गते तनहुँ जिल्ला प्रहरी कार्यालयमा एक नाबालिगले कर णीको मुद्धामा जाहेरी दिएपछि फरार रहेका पलले आइतवार आ’त्म’सम’र्पण गरे । तनहुँ जिल्ला अदालतले उनलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्र ह रीलाई आदेश दिएको छ ।

तर, अनुसन्धानलाई समेत प्रभावित पार्ने गरी यतिबेला तनहुँ प्रहरी कार्यालय अगाडि पलको पक्षमा नारा-जुलुस भइरहेको छ भने कतिपय पल निर्दोष रहेको भन्दै सामाजिक सञ्जाल र मिडियामा विभिन्न खाले तर्क गरिरहेका छन् । कति ती नाबालिग गायिकामाथि समेत ख’निएका छन् ।

यसै क्रममा पलले आरोप लगाएका दुर्गेश थापाले पनि पलले लगाएको आरोपको खण्डन गरेका छन् । उनले सामाजिक संजाल फेसबुक मार्फत बल्ल आफ्ना आरोपको खण्डन गर्दै घटनाको बारेमा खुलाएका छन् ।

उनले लेखेको सामाजिक संजालमा जस्ताको तस्तै :
नाबालिग बालिकालाई ललाई फकाई गरी हेरचाह र ख्याल गरेजस्तो गरेर स्वार्थ पुरा गर्ने काम गरिएको रहेछ । स्वार्थ पुरा भएपछि बेवास्ता गर्न थालियो । निकटको सम्बन्ध विकट बन्यो । बालिका एकोहोरो भइन् । नजिक ठानेको मान्छेबाट धोका पाएपछि विक्षिप्त बनिन् । माया प्रेमको खोल ओढेर आफूमाथि शो’षण भएको स्पष्ट रूपमा महसुस गर्न थालिन् । दिनदिनै उनको मा’नसिक अवस्था कमजोर हुँदै गयो ।
बालिकाले धेरै पटक मुद्दा हाल्न कोसिस गरिन अरे, हामी सँगको भेटमा पलका म्यानेजरले त्यही बताएका थिए । मुद्दा हाल्न जाँदा विभिन्न बहाना बनाएर फेरि केश रोक्न लगाइन्थ्यो रे । फेसबुकमा एउटा कुरा बालिकाले पिडामा लेखेर हालिन भने अर्को दिन त्यसलाई सफाइ दिन लगाएको सबैले देख्नु भएकै छ ।
१/२ महिना मिले जस्तो गर्ने फेरि बालिकालाई वास्ता नगर्ने अनि बालिका रुद्धै हिँड्न पर्ने अवस्था भएछ ।पीडाले थि’चि’एकी बालिकाले म्यानेजर सँग कुरा गरे पनि पल सँग मिलेर फकाउन खोजिन्थ्यो रे । पछि बालिकालाई विभिन्न बहानामा गा’ ‘ली गर्ने, बालिकालाई युट्युबमा हालेर तेरो बे’इ’ज्जत गर्दिने जस्ता कुराहरू गर्ने र बालिकालाई गा ‘ली बे’इज्जत गरेर ह’यारे’स’मेन्ट गर्ने जस्ता कार्यहरू भएछन ।
सहन सकुन्जेल सहिन् र नसकेपछि आफ्ना नजिकका व्यक्तिहरूसँग गुम्सिएको मनका व्यथा सुनाइन् । सुमधुर सम्बन्धबारे सुनाउन जति सजिलो छ त्यो भन्दा कयौँ गुणा गाह्रो छ टु’टेको सम्बन्ध र समस्याबारे कुरा गर्न । कलिलो दिमागलाई शायद बिग्रँदो सम्बन्धले झन्झन् कमजोर बनायो । त्यसैले उनी लगभग डि’प्रेस’नमा पुगिन् ।
उदाउँदो भविष्य अन्धकार देख्न थालिन् । त्यो अन्धकार भित्रबाट पनि उज्यालोको झिनो आशा बोकेर म लगायत उनले आफ्नो नजिक मानेका व्यक्तिहरूसँग आफ्नो पि’डा सुनाइन् र हामीबाट सहयोगको अपेक्षा गरिन् । शायद अभिभावक सोचेर होला किनकि म पल शाह जसले पिडा दियो, ऊसँग पनि उत्तिकै निकट थिएँ । तर पलले यो विषयलाई गम्भीरतापूर्वक लिएनन् ।
नाबालिकाको पि’डा अलिकति पनि महसुस गर्न सकेनन्/गरेनन् भन्ने हामीलाई लाग्यो । यही क्रममा मैले बालिकाले आफ्नै ज्या’न फा’ल्ने जस्तो कुनै गलत कदम नलिओस् भनेर उसलाई सहयोग गर्ने सोच बनाएँ । जसले हामी बिचको राम्रो सम्बन्धमा झन् झन् द’रार आउन थाल्यो ।
मैले पीडित बालिकालाई बहिनी सम्झी सहयोग गर्ने अठोट गरेँ । हामीले गरेको छलफलमा बालिकाले आफ्नो पि’डा पनि सुनाएकी थिइन् । त्यो क्रममा हामीले उनलाई धेरै सम्झाएका छौ जुन कुरा सार्वजनिक भएको अडियो बाट हटाइ सुनियोजित बनाएका रहेछन् ।
अरू नै कसैसँग भएको रकम लेनदेनको कुरा समेत मिसाएर भ्रम पैदा गर्न खोजिएको छ ।सार्वजनिक अडियो (पैसा लेनदेन) को छलफलमा म उपस्थित पनि थिएन ।अडियो मा पललाइ झोला बोकाएर फिर्ता दाङ पठाउँछु भनिएको छ त्यो मेरो आवाज नभै स्वयम पलका म्यानेजर कृष्ण जोशीको हो ।
त्यसपछि यो विषयमा म कहीँ कतै संलगन नरहेको सबैमा जानकारीका लागि अनुरोध छ ।भेटघाट कुनै षडयन्त्र गर्न होइन उनीहरू बिच भएका समस्याको समाधान खोज्नका खातिर मात्र भएको थियो । जुन अडियो सार्वजनिक भयो त्यो करिब करिब ७ महिना पहिलेको हो ।
पीडित नाबालिकाको आरोप ग’म्भीर रहेकाले त्यो बारे बुझ्न पल सँग बुझ्न खोज्दा हामीलाई नै उनले दुस्मन ठाने । पलसँगको सम्बन्ध जोगाउन हामीले एउटा बहिनी समानकी बालिका माथि भएको अन्यायलाई तिलाञ्जली दिन सकेनौँ । उनलाई न्यायका लागि ल’ड्न आँट र भरोसा दियौँ ।
यसलाई उनले आफू विरुद्धको जालझेल सम्झे ।प्रहरीमा पल विरुद्ध जाहेरी परेपछि लगभग ७ महिना पुरानो अडियो लाई सार्वजनिक गर्दै पब्लिक सेन्टिमेन्ट जित्ने अस्त्र बनाइयो । जसले त्यी नाबालिकालाई न्यायको खोजी गर्नुपर्छ भन्नेहरूको पत्ता साफ गर्ने आशय राखियो ।
आफू विरुद्ध रहेका म्यानेजर कृष्ण जोशीलाई विभिन्न प्रलोभनमा पारेर हाम्रो विरुद्धमा बोल्न लगाइयो । जबकि केही महिना अगाडी पलले आफ्नो म्यानेजर लाइ ह’टाएका थिए ।सायद यसरी अस्त्रको रूपमा प्रयोग गर्न पाइन्छ भनेर होला उनैलाई पुन म्यानेजर बनाएर काममा राखियो । तपाईँहरू आफै बुद्धिजीवी हुनुहुन्छ आफै बुझ्नुहोला किन त्यसो गरिएको रहेछ भनेर !
ज्या’न समेत लिने योजना बनाएको कपोलकल्पित कथा बुनेर मिडियामा उसलाई सार्वजनिक गराइयो । यस्ता विभिन्न हत कन्डा अपनाएर प्रहरीले छानबिन गर्नुपर्ने विषयलाई सामाजिक सञ्जालमा गिजोल्नुसम्म गिजोलियो। पीडितको पक्षमा रहेका हामीलाई फसाई आफू उम्कन अनेक योजना बुनियो ।
हामी न्यायको पक्षमा छौँ । जसको छानबिन प्रहरीले गर्नेछ र अदालतले अवश्य न्यायको पक्षमा अन्तिम निर्णय सुनाउनेछ भन्ने अपेक्षा मा बसेका छौ ।हामीले हाम्रो तर्फबाट कानुनलाई सघाउनु पर्ने हरेक ठाउँमा जिम्मेवार नागरिकको हैसियतमा सघाउन तत्पर छौ ।तपाईँहरूले दिएको ता’लि र गा’ली सबै स्वीकार्य छ ।

प्रतिक्रिया