कमल थापाले गरे राप्रपा नेपालमा पदाधिकारी मनोनीत, को-को परे?

admin

काठमाडौं, १८ फागुन : राप्रपा नेपालका अध्यक्ष कमल थापाले १६ जनालाई पार्टी पदाधिकारी मनोनीत गरेका छन्।

पार्टी प्रवक्ता सुरेश आचार्यका अनुसार अध्यक्ष थापाले बुधबार उपाध्यक्ष, महामन्त्री, सहायक महामन्त्रीहरू मनोनीत गरेका हुन्।

थापाले ६ जना उपाध्यक्ष बनाएका छन् भने चार जना महामन्त्री बनाएका छन्। यस्तै ६ जना सहायक महामन्त्री मनोनीत भएका छन्।

राजीब पराजुली, उद्धव पौडेल, जयकुमार खड्का, राजेन्द्रवीर राय, विष्णु भण्डारी र लाक्पा तामाङ उपाध्यक्ष मनोनीत भएका छन्।

राप्रपा महाधिवेशनमा अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँग पराजित भएका थापाले हालै राप्रपा परित्याग गर्दै राप्रपा नेपाल ब्युँताएका थिए।

हेर्नुस् कुन पदमा को मनोनीत?

प्रतिक्रिया