कतैबाट प्रभावित नभई काम गर्न धितोपत्र बोर्डका अध्यक्षलाई अर्थमन्त्रीको निर्देशन

admin

काठमाडौं, १८ फागुन : अर्थमन्त्री जनार्दन शर्माले कतैबाट प्रभावित नभई संस्था र लगानीकर्ताहरुको हितका लागि स्वतन्त्र रुपमा काम गर्न नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाललाइ निर्देशन दिनुभएको छ ।

बुधबार अर्थमन्त्रालयमा पूँजी बजारसम्बन्धी छलफल कार्यक्रममा अर्थमन्त्री शर्माले पूँजी बजारको शिक्षा सहितको सुरक्षित कारोबार गर्न आवश्यक नीति तयार गर्न सरकार रहेको भन्दै दवावमा नपरि काम गर्न निर्देशन दिनुभएको हो ।

त्यस्तै उहाले दिनको दिनमै खरिद बिक्री गर्न पाउने र सापटी लिएर पनि सेयर खरिद बिक्री गर्न पाउने व्यवस्था गर्न नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिनुभयो । शर्माले नेपालमा अझै पनि सेटिङमा सेयर कारोबार र इन्साईडर ट्रेडिङ हावी भएको भन्दै यसलाई रोक्न निर्देशन दिनुभयो ।

लगानीकर्ताको सुरक्षा गर्नु सरकारको दायित्व भएको भन्दै उहाले कार्यमा सबै एक भएर लाग्नुपर्ने धा।णा राख्नुभयो । हाल सेयर बजारमा ११ लाख सक्रिय लगानीकर्ता र ५० लाख बढी डिम्याट खाता होल्डर रहेको भन्दै अर्थमन्त्री शर्माले लगानीकर्ताको हितका लागि पुँजी बजार विकास गर्नु आजको आवश्यकता रहेको बताए ।

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले धितोपत्र ऐनलाई समय सापेक्ष बनाउनु पर्ने बताउनुभयो । केही कानुनमा सुधार गरेर पुँजी बजारको विकासका लागि बोर्डले काम गर्ने उहाको भनाई छ ।

उहालेआफ्नै भवन आवश्यक भएको भन्दै सूचना प्राविधिको बलियो प्रणाली बनाउन जरुरी रहेको धारणा राख्नुभयो ।त्यस्तै हमालले बजारमा हुनसक्ने चलखेल बुझ्न अटोमेटिक प्रणालीको विकास गर्नुपर्ने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया