आन्तरिक रेमिट्यान्सको कारोबारमा कडाई

admin

काठमाडौं, १९ फागुन : नेपाल राष्ट्र बैंकले आन्तरिक रेमिट्यान्सको कारोबारमा कडाई गरेको छ ।

केन्द्री बैंकले देशभित्र एक ठाउँबाट अर्को ठाउँमा रकम पठाउँदा बढीमा २५ हजार रुपैयाँसम्म मात्र कारोबार गर्न पाईने व्यवस्था गरेको हो ।

यस अघि देशभित्र एक ठाउँबाट अर्को ठाउँमा १ लाख रुपैयाँसम्म रकम पठाउन पाईने व्यवस्था थियो ।

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा राष्ट्र बैंकले आन्तरिक रेमिट्यान्सको कारोबारमा कडाई गर्ने संकेत गरेको थियो । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया