थप १२६ जनामा कोरोना पुष्टि, १ संक्रमितको मृत्यु

admin

काठमाडौं, २० फागुन : मुलुकभर पछिल्लो २४ घण्टामा १ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ९३३ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ७ हजार ९१ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ सय ११ जना र १ हजार ८४२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १६ हजार ८८७ पुगेको छ । सोही अवधिमा ३७ हजार १९२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा ७ हजार २४२ जना सक्रिय संक्रमितहरुका रहेका छन् ।

पछिल्लो २४ घण्टामा ३८५ जना कोरोना मुक्त भए, १ संक्रमितको मृ त्यु
कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ३ सय ८५ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख ५८ हजार १९३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ८ हजार ९३३ जनाको परीक्षण हुँदा हालसम्म कुल ६५ लाख ११ हजार ८३८ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ को मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृ त्यु हुनेको संख्या ११ हजार ९४५ पुगेको छ ।

प्रतिक्रिया