सबै देशभक्त एक हुने र मोर्चा बनाउने विषय सकारात्मक हो : भीम रावल

admin

काठमाडौं, २० फागुन : नेकपा एमालेका नेता भीम रावलले स्वाधिनताका लागि सबै देशभक्त एक हुने र मोर्चा बनाउने बिषय सकारात्मक रहेको बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा नेकपा एमाले अछाम काठमाडौं सम्पर्क मञ्चको ११ औं सम्मेलन उद्घाटन गर्दै राववले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मासँग भेटवार्ता भएको र सबै देशभक्त एक हुने र मोर्चा बनाउने उनीहरुको प्रस्ताव सकारात्मक रहेको बताउनुभएको हो ।

देशभक्तहरू एक हुने कुरा उचित भएको र हाल आफ्नो ठाउँबाट भूमिका खेल्नु उचित हुने उहाले बताउनुभयो । त्यस्तै उहाले राष्ट्रघाती एमसीसी पारित गर्ने दलहरुका नेतालाई जनताले आगामी चूनावमा ठोक्नुपर्ने समेत बताउनुभयो ।

उहाले एमसीसी पारित भएसंगै नेपालको आत्मनिर्णयको अधिकारमाथि गम्भीर धक्का लागेको धारणा राख्नुभयो । रावलले मुलुकको हितमा बोल्दा कसैले हिरो भन्नु स्वभाविक रहेको उल्लेख गर्नुभयो । राष्ट्रघाती बिषयमा मात्र आफुले बोलेको भन्दै उहाले पार्टीको हित बिपरित कहि कतै नवोलेको तर्क गर्नुभयो ।

त्यस्तै रावलले लिम्पियाधुरा, लिपुलेक र कालापानीमा भारतीय हस्तक्षेप ढाकछोप गर्न सरकारले चीनले सीमा मिचेको भनेर प्रचार गरेको आशंका व्यक्त गर्नुभयो । कार्यक्रममा बिभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

 

प्रतिक्रिया