मधेश र गण्डकी प्रदेशबीच अन्तरप्रदेशीय विमान सेवा सुरु

admin

काठमाडौं,२१ फागुन : मधेश प्रदेश र गण्डकी प्रदेशबिच अन्तरप्रदेशीय विमान सेवा सुरु भएको छ ।

गण्डकी प्रदेशको राजधानी पोखरा र मधेश प्रदेशको राजधानी जनकपुरधामसम्मको पहिलो उडानमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली सहित १८ सदस्यीय टोली मधेश प्रदेशको भ्रमणमा जनकपुर पुगेका हुन् ।

दुवै प्रदेशको पर्यटनलाई बढावा दिने उद्देश्यले साताको तीन दिन उडान हुने गरी विमान सेवा सुरु भएको हो । ३ दिने मधेश प्रदेशको भ्रमणमा जनकपुर पुगेका गण्डकीका मुख्यमन्त्री नेपालीलाई मधेश प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री रामसरोज यादव र उद्योग पर्यटन तथा वातावरण मन्त्री शुत्रध्न महतोले स्वागत गर्नुभएको थियो ।

जनकपुर पुगेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले प्रदेश प्रदेशबीचको सम्बन्ध सुदृढ गर्न नयाँ आयाम सुरु भएको बताउनुभयो । उहाले दुई प्रदेशबीचको प्रर्यटन प्रवद्र्धनका लागि सदैव सहकार्य गर्ने उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री नेपालीको भ्रमण टोलीमा अर्थमन्त्री रामजी प्रसाद बराल, पर्यटन उद्योग तथा वाणिज्य आपुर्ती मन्त्री मणिभद्र शर्मा कँडेल लगाएत छन् । मुख्यमन्त्री पोखरेलले आइतबार जानकी मन्दिरको दर्शन र पूजा अर्चना गर्ने कार्यक्रम छ ।

मुख्यमन्त्री पोखरेल सहितको टोलि आइतबार भ्रमणका लागि सर्लाहीको भरत ताल र नुनथर पुग्ने र बाराको गढीमाई मन्दिर दर्शन गरेर जनकपुर फर्किने कार्यक्रम छ ।

सोमबार बिहान महोत्तरी जलेश्वरको जलेश्वरनाथ महादेवको दर्शन तथा पूजा अर्चना गरेपछि मुख्यमन्त्री पोखरेलेको औपचारिक मधेश प्रदेश भ्रमण सम्पन्न हुने र सोहि दिन नै गण्डकी प्रदेश फर्कने कार्यक्रम रहेको बताइएको छ ।

प्रतिक्रिया