आगामी स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल हुँदैन : राजन भट्टराई

admin

काठमाडौं,२१ फागुन :  नेकपा एमालेका स्थायी कमिटी सदस्य राजन भट्टराईले स्थानीय तहको निर्वाचनमा चूनावी तालमेल नहुने बताउनुभएको छ ।

शनिबार काठमाडौंमा नेपाल सितोरियो कराँते डो–संघ गोल्फुटार डोजोको कराते भवन उद्घाटनपछि सञ्चारकर्मीसंग कुरा गर्दै भट्टराईले यसअघिको निर्वाचनमा चूनाव अघिको तालमेल सफल हुन नसकेको भन्दै स्थानीय तहको निर्वाचनमा चूनावी तालमेल नहुने बताउनुभएको हो ।

निर्वाचनमा आ–आफ्नो दलले गरेको काम लिएर स्वर्थ प्रतिष्पर्धामा जानुपर्ने उहाको भनाई छ । त्यस्तै उहाले निर्वाचनपछि भने दलहरुबीच तालमेल हुन सक्ने धारणा राख्नुभयो ।

उहाले एमसीसी पारित भइसकेको अवस्थामा मुलुकको हितका आधारमा यसलाई अघि कार्यान्वयनम लानुपर्ने बताउनुभयो । एमसीसीमा देखिएका कमी कमजोरीहरु सच्चाउनुपर्ने उहाले बताउनुभयो । त्यसअघि भवन उद्घाटन कार्यक्रममा भट्टराईले खेल क्षेत्रको बिकासका लागि राज्य गम्भीर भएर लाग्नुपर्ने बताउनुभएको थियो ।

प्रतिक्रिया