पल शाहलाई थप १२ दिन हिरासतमा राख्न अनुमति

admin

पोखरा, २२  फागुन : नाबालिग गायिकामाथि ब ला त्का र गरेको अभियोग लागेका अभिनेता पल शाह (पूर्ण विक्रम शाह) लाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ।

यसअघि सात दिन थुनामा राखेर अनुसन्धान गरेको प्र ह रीले थप अनुसन्धानका लागि भन्दै समय माग गरेको थियो। जिल्ला प्र ह री कार्यालय तनहुँका डिएसपी युवराज खड्काका अनुसार अदालतले शाहलाई थप १२ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ।

नाबालिग गायिकाले जाहेरी दिएपछि अभिनेता शाहलाई प्रहरीले खोजि गरेको थियो। गत फागुन १५ मा शाह तनहुँ प्र ह रीमा पुगेका थिए। शाहले १७ वर्षीया गायिकामाथि पटक-पटक ब ला त्कार गरेको पी डि त पक्षको आरोप छ।

गायिकाका तर्फबाट परिवारले दिएको उजुरीमा शाहले माया-प्रेमको जालमा फसाएर ब ला त्का र गरेको आरोप छ। तनहुँ प्रहरीका अनुसार शाहले पोखरा, तनहुँ, चितवन लगायतका स्थानमा ब ला त्कार गरेको जाहेरीमा उल्लेख छ।

गायिकाले करिब ३ महिनायता गीत-संगीतमा ध्यान दिन नसकेको र यसबारे बुझ्दा घ ट नाका बारेमा जानकारी पाएको जाहेरीमा उल्लेख छ।

पी डि त गायिका र शाहबीच एक गीतको म्युजिक भिडिओ सुटिङमा भेट भएको र त्यही बेला उनीहरूले फेसबुक र फोन नम्बर आदान प्रदान गरेका थिए।

त्यसपछि उनीहरूको निरन्तर भेटघाट र संवाद हुन थालेको जाहेरीमा उल्लेख छ। शाहले देखावटी माया-प्रेम गरेको बहाना गरी भिडिओ सुटिङ तथा अन्य भेटघाटको क्रमलाई बढाउँदै लगी धेरै नै रेखदेख, हेरचाह गरेजस्तो गर्दै आएको उजुरीमा उल्लेख छ।

यस्तै म्युजिक भिडिओ सुटिङ गर्न पोखरा, चितवन, बाग्लुङ, तनहुँ समेतका स्थानमा काम सकेर होटलमा बास बस्दा पटक-पटक बलात्कारको प्रयास गरेको उल्लेख छ।

प्रतिक्रिया