विवेकशील साझाका काठमाडौं जिल्ला अध्यक्ष वैद्य एमालेमा प्रवेश

admin

काठमाडौं,२२ फागुन : विवेकशील साझा पार्टीका काठमाडौं जिल्ला अध्यक्ष अमृतराज वैद्य नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । आइतबार बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले वैद्यलाई एमालेमा प्रवेश गराउनुभएको हो ।

पार्टी प्रवेशपछि एमाले नेता डा. राजन भट्टराईले बिचार र कार्यक्रम तथा संगठनका हिसावले एमाले पहिलो पार्टी भएकाले एमालेमा प्रवेश गर्ने लहर चलेको बताउनुभयो । उहाले एमालेमा पार्टी प्रवेश गर्ने लहरले एमालेलाई थप जिम्मेवारबोध गराएको बताउनुभयो ।

त्यस्तै पार्टी प्रवेश गर्दै वैद्यले मुलुकका लागि काम गर्ने पार्टी एमाले भएकाले आफु एमालेमा प्रवेश गरेको बताउनुभयो । यसअघि साझा विवेकशील पार्टीका केहि युवाहरुले पार्टी छोडेको घोषणा गरेका थिए ।

प्रतिक्रिया