प्रतिनिधिसभा विघटन गरेर चुनावमा जानुपर्छ : अध्यक्ष नेपाल

admin

काठमाडौं,२२ फागुन : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन गरेर चुनावमा जानुपर्ने बताउनुभएको छ ।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष नेपालले लगातार सदन अवरुद्ध भइरहेको अवस्थामा संसद भंग गरेर तीनै तहको निर्वाचन प्याकेजमा गर्नेबारे छलफल गरिरहेको समेत बताउनुभयो ।

उहाले एमालेले संसद् पनि चल्न नदिने, संसदमा गञ्जागोल कायम राख्ने, पंगु बनाउने काम गरिरहेको बताउनुभयो । यस्तो अवस्थामा संसद् विघटन गरेर अर्ली निर्वाचनमा जानु नै उत्तम बिकल्प हुने उहाको भनाई छ ।

आफूले सिफारिस गरेका १४ सांसदलाई कारबाही नगरी सभामुख अग्निप्रसाद सापकोटाले विभेदकारी भूमिका निर्वाह गरेको भन्दै नेकपा एमालेले लामो समयदेखि सदन अवरुद्ध गर्दै आएको छ ।

प्रतिक्रिया