संसद अवरोध छोडेर संसदीय प्रक्रियामा एमाले आउने कानूनमन्त्री बडूको दाबी

admin

काठमाडौं,२२ फागुन : कानुन मन्त्री दिलेन्द्रप्रसाद बडुले संसद अवरोध छोडेर एमाले संसदीय प्रक्रियामा आउने दावी गर्नुभएको छ ।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री बडुले महाभियोग समितिमा सदस्य पठाएर एमालेले संसदीय प्रक्रिया स्वीकारेको भन्दै संसद अवरोध पनि हट्ने दावी गर्नुभएको हो ।

त्यस्तै उहाले एमालेले लामो समयदेखि संसद अवरोध गरिरहँदा यसको संसदको औचित्यमाथि जनताबाट प्रश्न उठ्ने अवस्था बनेकाले अर्ली इलेक्सनको कुरा उठेको जिकिर गर्नुभयो । एमाले संसदीय प्रक्रियामा आयो भने संसद पूर्णकालसम्म नै चल्ने उहाको भनाई छ ।

त्यस्तै एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले अचानक अर्ली इलेक्सनको बहस स्थानीय तह निर्वाचन सार्ने षड्यन्त्र हुनसक्ने बताउनुभयो । उहाले एमाले सदैव संसदीय प्रणालीमा विश्वास गर्ने भन्दै यसलाई स्थापीत गर्नका लागि सदनमा बिरोध जनाएको जिकिर गर्नुभयो । नेम्वाङले महाभियोगको प्रक्रियालाई ठिक ढंगले निष्कर्षमा पुराउन समितिमा नाम दिएको उल्लेख गर्नुभयो ।

त्यस्तै नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले बैशाखमा स्थानीय चुनाव घोषणा भइसकेकाले अर्ली इलेक्सन सम्भव नरहेको स्पष्ट पार्नुभयो । वैशाखमा स्थानीय तहकै चुनाव हुने अवस्थामा त्यसपछि लगत्तै अर्को चुनाव गर्न मौसमले पनि साथ नदिने उहाको भनाई छ ।

प्रतिक्रिया