मानव बेचबिखन मुद्दामा संलग्न आरोपमा तीनजना समातिए

admin

काठमाडौं,२२ फागुन : मानव बेचबिखन मुद्दामा संलग्न रहेको आरोपमा तीनजनालाई प्र ह रीले प क्रा उ गरेको छ ।

प क्रा उ पर्नेहरूमा पोखरा महानगरपालिका–७, मुस्ताङ चोक घर भई पोखरा–१७, रातोपहिरा बस्ने ३० वर्षीय नारायण पोखरेल, सिन्धुपाल्चोक स्थायी ठेगाना भई पोखरा–६, जरेबर बस्ने २२ वर्षीया पूजा थापामगर र बाँके स्थायी घर भई पोखरा–६, जरेबर बस्ने २२ वर्षीय विशाल योगी रहेका छन् । जिल्ला प्र ह री कार्यालय कास्कीबाट खटिएको प्र ह री टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पोखरा–६, लेकसाइडमा कोठा भाडामा लिई तथा फोन सम्पर्कका आधारमा विभिन्न होटेलहरूमा महिलालाई जब र जस्ती वेश्यावृत्ति कार्यमा संलग्न गराइरहेको भन्ने सूचनाको आधारमा खटिएको प्र ह रीले उनीहरूलाई प क्रा उ गरेको हो ।

यही फागुन १५ गते पक्राउ गरिएको थियो । उनीहरूविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत कास्कीबाट आठ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्र ह रीले जानकारी दिएको छ ।

प्रतिक्रिया