‘राज्यका हरेक संरचनामा महिलाको समान अधिकार सुनिश्चित गर्नुपर्छ’

admin

काठमाडौं,२२ फागुन : सरोकारवालाहरुले महिलामाथि हुने सबै प्रकारका हिं साको अन्त्य गर्दै राज्यका हरेक संरचनामा उनीहरुको समान अधिकारको सुनिश्चितता बढाउनुपर्ने बताएका छन् ।

११२औँ अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा महिला सुरक्षा दवाव समूले आइतबार काठमाडौंमा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा उनीहरुले लैंगिक समानताका लागि कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकालगायत राज्यका हरेक संरचनामा न्यायपूर्ण सहभागिता हुनुपर्ने बताएका हुन् ।

साथै उनीहरुले महिला अधिकारको सुनिश्चिताका लागि राज्य गम्भीर हुनुपर्ने समेत बताए । कार्यक्रममा शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले महिला अधिकारका सवै मुद्धा नसकिएको राज्यलाई सदैव झकझकाउनुपर्ने बताउनुभयो ।

उहाले अहिलेको अवसरलाई सदुपयोग गर्दै राज्यको बिभिन्न तहमा सहभागीताका साथ नेतृत्व बिकास गर्नुपर्ने धारणा पनि राख्नुभयो । सन् १९११ मा पहिलो पटक अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको हो ।

संयुक्त राष्ट्र सङ्घले सन् १९७७ मा ८ मार्चका दिन प्रत्येक वर्ष सो दिवव मनाउने आधिकारिक रुपमा निर्णय गरेको थियो । सोही अनुरुम प्रत्येक वर्ष ८ मार्च का दिन अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै आएको छ ।

प्रतिक्रिया