कोका–कोला नेपालले १,००० महिला व्यवसायीहरुलाई “सक्षम” तालिम प्रदान गर्दै

admin

काठमाडौं,२३ फागुन : महिला सशक्तिकरण र समानताले समाजमा थुप्रै सकरात्मक प्रभाव पर्ने कुरा त सर्वविदित नै छ ।

त्यसैले कोका–कोला सदैव आफ्नो कार्यस्थल र बाहिर पनि महिला सशक्तिकरणका विभिन्न कार्यक्रमहरु गर्दै समाजमा सकरात्मक प्रभाव ल्याउन प्रयासरत छ ।

र यस्तै कार्यक्रमहरुकै श्रृंखला अन्तर्गत कोका–कोलाले नेपालको लागि आफ्नो बोटलिङ पार्ट्नर बोटलर्स नेपालसँग मिलेर “सक्षम” कार्यक्रम शुरु गरेको छ । यस कार्यक्रम अन्तर्गत नेपालका विभिन्न ठाउँमा किराना पसल र खाजा घरहरु सञ्चालन गर्दै आएका १,००० महिला व्यवसायीहरुलाई व्यवसायिक तालिम दिने योजना रहेको छ ।

अन्तर्राष्ट्रिय महिला दिवस २०२२ को नारा “दिगो भविष्यको लागि आज लैङ्गिक समानता” भन्ने नारालाई समर्थन गर्दै यो कार्यक्रममा महिलाहरुलाई व्यापारिक र आर्थिक रुपमा सक्षम बनाउने योजना राखिएको छ ।

यो कार्यक्रमले महिलाहरुलाई त्यस्तो ज्ञान र सीप प्रदान गर्ने लक्ष्य राखेको छ जसले उनीहरुलाई आफ्नो व्यापार अझै राम्रोसँग सञ्चालन गर्दै समग्रमा राष्ट्रकै आर्थिक विकासमा सहयोग पु¥याउन सक्षम बनाउँछ । त्यसैले यो कार्यक्रम यस्ता पसल सञ्चालन गर्ने महिलाहरुको वित्तीय साक्षरता, आतिथ्यता, सरसफाई र डिजिटल वालेटको प्रयोग जस्ता विषयमा क्षमता अभिवृद्धि गर्न डिजाइन गरिएको हो ।

कोका–कोलाका नेपाल कन्ट्री डाइरेक्टर श्री आदर्श अवस्थीज्युले भन्नुभयो, “हामी विश्वास गर्छाँै कि एउटा नारी सक्षम हुनु भनेको सम्पूर्ण राष्ट्र नै सक्षम हुनु हो । त्यसैले हामीले महिलालाई सक्षम बनाउने उद्धेश्यले पहिला पनि “क्त्ब्च्” र “छदथद्दण्” जस्ता कार्यक्रमहरु सञ्चालन गरेका थियौँ र ती कार्यक्रमहरुले वहाँँहरुको जीवनमा सकरात्मक परिवर्तन पनि ल्याउन सफल भएका थिए, जुन हाम्रो लागि खुशीको कुरा हो ।

र महिला सशक्तिकरण सम्बन्धि यस्तै कार्यक्रमहरु सञ्चालन गर्ने अभियान अन्तर्गत यो वर्ष हामीले नेपालभरि साना किराना पसल र खाजा घरहरु सञ्चालन गर्दै आइरहेका १,००० महिलाहरुलाई व्यवसायिक तालिम दिँदै छौँ । हामीलाई आशा छ कि यो कार्यक्रममा सहभागि महिलाहरुको जीवनमा पनि प्रभावकारी परिवर्तन आउनेछ ।”

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक श्री प्रदीप पाण्डेज्युले भन्नुभयो, “नेपालको ग्रामीण तथा शहरी क्षत्रका धेरैजसो किराना पसल र खाजा घरहरु प्रायः महिलाहरुले नै चलाउनुहुन्छ । र हामीले के देखेका छौँ भने यो कोभिड महामारीले वहाँँहरुको व्यापारमा धेरै चुनौतीहरु ल्याएको छ ।

यो कार्यक्रम मार्फत हामीले वहाँहरुलाई यस्ता चुनौतीहरुको सामना गर्न सक्षम बनाउने र वहाँहरुको व्यापारिक क्षमता अभिवृद्धि गराउने लक्ष्य लिएका छौँ । हामीलाई विश्वास छ कि यस कार्यक्रमले वहाँहरुलाई आफ्नो व्यापार अझै राम्रोसँग सञ्चालन गर्न सक्षम बनाउनेछ र वहाँँहरुको आत्मविश्वास पनि बढाउनेछ ।”

विविधता, समानता र समावेशीकरण कोका–कोलाको मुल मान्यता हो र यिनले कम्पनीको वृद्धि, विकास र सफलतामा महत्वपूर्ण भूमिका निर्वाह गर्दछन् ।

कोका–कोलाले वर्षाँैदेखि सञ्चालन गर्दै आइरहेको महिला सशक्तिकरण सम्बन्धि विभिन्न कार्यक्रमहरुले पनि यसलाई पुष्टि गर्छन् । सन् २०२० सम्म ५ मिलियन महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउने महत्वाकाँक्षी लक्ष्य सहित कोका–कोलाले सन् २०१० मा “छदथद्दण्” कार्यक्रम विश्वव्यापी रुपमा सञ्चालन गरेको थियो ।

साथै कोका–कोला नेपालले विगत ६ वर्षसम्म “क्त्ब्च्”(शपकिपर ट्रेनिङ एण्ड रिसोर्सेस) कार्यक्रम पनि सफलतापूर्वक सञ्चालन गरेको थियो जसमा ५,८०० महिला व्यवसायीहरुलाई तालिम दिइएको थियो ।

प्रतिक्रिया