फागुन २८ गतेदेखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने

admin

काठमाडौं,२३ फागुन : हात्तीपाइले रोग निवारणका लागि फाल्गुन २८ गते देखि बिभिन्न १० जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने भएको छ ।

सोमबार काठमाडौंमा हात्तीपाइले रोग निवारणका लागि आम औषधी सेवन अभियानका बारेमा जानकारी दिदै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले हात्तीपाइले रोग निवारणका लागि ५ जिल्लामा तीन प्रकार र ५ जिल्लामा दुई प्रकारका औषधि खुवाउन लागिएको जानकारी दिएको हो ।

महाशाखाले झापा, बारा, लमजुङ, पर्वत र बागलुङ तथा मोरङ, कपिलवस्तु, दाङ, बाँके र कैलालीमा आम औषधी सेवन अभियान सञ्चालन गर्न लागिएको महाशाखाका निर्देशक डा. चुम्बनलाल दासले जानकारी दिनुभयो ।

उहाले हात्तीपाइले रोग निवारणका लागि सचेतनामुलक कार्यक्रमको पनि आयोजना गरिने बताउनुभयो ।

नेपालका ६३ जिल्लाबाट सुरु गरिएको औषधी सेवन अभियान ५३ जिल्लामा बन्द गरिसकेको र १० जिल्लामा संक्रमण दर नघटेको पाइएकोले पटक पटक औषधी खुवाउनुपरेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया