नेपालले असंलग्न परराष्ट्र नीति अन्तर्गत नै युक्रेनलाई समर्थन गर्‍याे : परराष्ट्रमन्त्री

admin

काठमाडौं,२३ फागुन :  परराष्ट्रमन्त्री नारायण खड्काले नेपालको संविधानले निर्धारण गरेको असंलग्न परराष्ट्र नीति अन्तर्गत नै युक्रेकका बिषयमा नेपालले धारणा तय गरेको दावी गर्नुभएको छ ।

सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री खड्काले रुसले आक्रमण गरेको युक्रेनको नेपालले पक्ष लिनु कुनै गुटमा नलागी मानवीयताको पक्षमा मात्र भएको र यो असंलग्न परराष्ट्र नीति अन्तर्गत नै रहेर गरिएको बताउनुभएको हो ।

उहाँले ५३३ नेपालीलाई सुरक्षित रुपमा युक्रेनबाट अन्य देशमा पठाइएको जानकारी दिँदै आफ्ना नागरिकको सुरक्षाका लागि नेपाल सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाले शान्तिपूर्ण सहअस्तित्वको विषय पनि असंग्लन अन्तर्गत पर्ने धारणा राख्नुभयो । त्यस्तै उहाले चीनसँग उत्तरी नाकामा देखिएको समस्या समाधानका लागि नेपाल सरकारले चिनियाँ पक्षलाई आग्रह गरेको जानकारी दिनुभयो ।

खड्काले सुमधुर सम्बन्ध रहेका चीन र नेपालले सबै विषयलाई संवाद र समन्वयको माध्यमबाट अघि बढ्ने प्रयास गरेको बताउनुभयो ।

पत्रकार सम्मेलनमा उहाले अफगानिस्तानको मानवीय सङ्कटमा सहयोग पु¥याउनका लागि नेपालले सक्रियता देखाएको र त्यसले मानवीय सेवामा ठूलो सन्देश गएको दावी गर्नुभयो । मन्त्री खड्काले छिटै नै नेपालमा विदेशी मुलुकबाट उच्च स्तरीय भ्रमण हुन लागेको पनि जानकारी गराउनुभयो ।

प्रतिक्रिया