आगामी निर्वाचनमा निर्वाचन चिह्न हरियो रङमा

admin

काठमाडौं,२३ फागुन : निर्वाचन आयोगले आगामी बैशाख ३० गते हुने निर्वाचनको चिन्ह हरियो रंगको हुने जनाएको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्र्दै आयोगले निर्वाचनका लागि मतपत्र छपाई गर्दा चिन्ह, बिबरण तथा सुरक्षण चिन्ह हरियो हुने जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै आयोगका सूचना अधिकारी सुर्यप्रसाद अर्यालले स्थानीय तहको निर्वाचनको तयारी तीव्र रुपमा भइरहेको जानकारी दिनुभयो ।

निर्वाचन प्रचारप्रसार र मतदाता शिक्षाको लागि अडियो भिडियो सामग्री तयारी गर्नको लागि निर्वाचन सम्बन्धी गीति सन्देश, संवादमुलक सन्देश तथा चलचित्र लघुकथा लेखन प्रतियोगिताका लागि प्रकाशित सार्वजनिक सूचना बमोजिम प्राप्त भएका रचनाहरुको मूल्यांकन भइरहेको जानकारी दिनुभयो ।

त्यस्तै उहाले निर्वाचनसम्बन्धी छपाई सामग्रीहरु निर्वाचन प्रचारप्रसार सामग्री, निर्देशिका, फारम आदि छपाइका लागि छापाखानाहरु र सामग्री ढुवानी व्यवस्थापनका लागि हेलिकप्टर, ट्रक तथा कुरियर सेवा लिन सम्बन्धित फर्म संस्थाहरु सूचिकृतका लागि सार्वजनिक सूचना जारी गरिएको पनि बताउनुभयो ।

त्यस्तै सरकारले आयोगसंग छलफल गरेर अन्यथा निर्णय गरे आवश्यकता अनुसार अन्य तयारी गर्न सकिने अर्यालले बताउनुभयो ।

प्रतिक्रिया