पदाधिकारी चयनमा प्रचण्ड असफल

admin

काठमाडौं,२४ फागुन : सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) पदाधिकारी चयन, स्थायी समिति, पोलिटब्युरो समिति, नेताहरूको जिम्मेवारी बाँडफाँट गर्न असफल भएको छ ।

शुक्रबारदेखि जारी बैठकले यी प्रमुख विषयमा निर्णय नै गर्न सकेन । सहमति जुटाएर निर्णय गर्न अध्यक्ष पुष्पकमल दाहालले शनिबार र आइतबार बैठक स्थागित गरेका थिए ।

तर, नेताहरूका बीचमा भएको आन्तरिक छलफलमा समेत सहमति जुट्न नसकेपछि प्रमुख विषयमा निर्णय नै नगरी बैठक स्थगित भएको छ । अब आगामी २० जेठमा बस्ने केन्द्रीय समिति बैठकबाट यी एजेन्डामा छलफल हुनेछ ।

पदाधिकारी चयन, स्थायी समिति, पोलिटब्युरो, नेताहरूको जिम्मेवारी बाँडफाँटका साथै एमसीसीलगायतकाका विषयमा २० जेठपछि छलफल हुनेछ ।

आगामी २० जेठमा यी प्रमुख विषयमा छलफल गरेर निर्णय गरिने माओवादी केन्द्रका नेता वर्षमान पुनले जानकारी दिए ।

एमसीसीलगायतका विषयमा आएको फरक मतलाई दर्ज गरेर राख्ने र आगामी बैठकमा पार्टीभित्र छलफल गरिने उनले बताए । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रतिक्रिया