काठमाडौंमा एकै परिवारका पाँच जना बेहोस अवस्थामा भेटिए, एकको मृ त्यु

admin

काठमाडौं,२४ फागुन : काठमाण्डौको नागार्जुनमा बेहोस अवस्थामा भेटिएका पाँच जनामध्ये एक जनाको ज्या न गएको छ । अरु चार जनाको उपचार भइरहेको छ ।

नागार्जुन नगरपालिका–६ रामकोटमा एकै परिवारका पाँच जना बेहोस अवस्थामा भेटिएका र काठमाण्डौ महानगरपालिका डल्लु स्थायी घर भइ डेरामा रामकोट बस्दै आएका ३३ वर्षीय सुवर्णमान प्रधानको उपचारका क्रममा ज्या न गएको महानगरीय प्र ह री कार्यालय काठमाण्डौले जनाएको छ ।

गम्भीर घा इ ते चार जनाको मनमोहन अस्पताल स्वयम्भूमा उपचार भइरहेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिनुभयो । घ टना स्थलमा विषको बट्टा भेटिएको र थप अनुसन्धान भइरहेको पनि प्र ह रीले जनाएको छ ।

यसअघि हिजो ललितपुरको कोञ्ज्याेसाेम गाउँपालिका–४ मा पनि एकै परिवारका पाँच जना मृ त अवस्थामा भेटिएका थिए । कोइला बालेर सुतेका उनीहरुको निसासिएर ज्यान गएको हुनसक्ने प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया