आजको मौसम: वर्षाको सम्भावना

admin

काठमाडौं,२४ फागुन : हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। आज (मंगलबार) बिहान देशको पहाडी भू-भागमा आंशिक बदली ररेको छ। बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मंगलबार दिउँसो भने देशको पहाडी तथा हिमाली भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ। बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा हुनेछ।

सुदूरपश्चिम, गण्डकी र प्रदेश-१ को पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको समेत सम्भावना भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै, राती भने देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा हुने महाशाखाले जनाएको छ।

प्रतिक्रिया