आजको मौसम : केही ठाउँमा बदली‚ केही ठाउँमा सफा

admin

काठमाडौं,२५ फागुन : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरको केही स्थानमा बदली रहने र केही स्थानको मौसम सामान्यतः सफा रहने छ।

बुधवार बिहान प्रदेश १ र मधेश प्रदेशमा र बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहे पनि अन्य भू-भागमा मौसम सामान्यतः सफा रहेको छ।

दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहने पूर्वानुमान महाशाखाले जनाएको छ।

राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतः सफा रहने छ।

प्रतिक्रिया