निर्माण व्यवसायी महासंघको साधारणसभा फागुन २७ देखि काठमाडौंमा हुने

admin

काठमाडौं,२५ फागुन : नेपाल निर्माण व्यवसायी महासंघको २३औँ साधारणसभा तथा १२ औँ अधिवेशन फागुन २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने भएको छ ।

महासंघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै साधारणसभा तथा अधिवेशनको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने तय भएको जनाएको छ । अधिवेशनमा १२ सय प्रतिनिधि र १२ सय पर्यवेक्षक गरी २४ सय जनाको सहभागीता हुने महासंघले जनाएको छ ।

त्यस्तै अधिवेशनमा ५९ सदस्यीय कार्य समितिमध्ये अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, एसोसियटसहित ८ उपाध्यक्ष, महासचिव, २ उपमहासचिव, कोषाध्यक्ष र सह–कोषाध्यक्षसहित ४६ पदमा निर्वाचन हुने छ ।

साधारणसभा तथा अधिवेशन सम्पन्न गर्न १ करोड ९९ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिनुभयो । उहाले मन्त्रिपरिषदबाट पारित सार्वजनिक खरिद नियमावलीको ११औँ संशोधनलाई अघि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उक्त संसोधन अघि नवढ्दा निर्माण उद्योग अस्तव्यस्त भएको उहाले बताउनुभयो ।त्यस्तै अधिवेशन स्थल बाहिर विभिन्न कम्पनीका ३० वटा स्थल रहने महासंघले जनाएको छ ।

प्रतिक्रिया