मुलुकको परिवर्तनको जस माओवादीले लिन सकेन : प्रचण्ड

admin

काठमाडौं,२५ फागुन : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गुटबन्दी र पार्टीभित्रकै अन्तरविरोधका कारण मुलुकको परिर्वजनको जस माओवादीले लिन नसकेको बताउनुभएको छ ।

बुधबार काठमाडौंमा पार्टी निकट नेपाल उद्योग व्यवसायी महासंघ(प्रस्तावित)को केन्द्रीय तदर्थ समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्डले आजको परिवर्तनको प्रमुख बाहक माओवादी भएपनि गुटबन्दी र पार्टीभित्रकै अन्तरविरोधका कारण त्यसलाई स्थापीत गर्न नसकेको बताउनुभएको हो ।

उहाले पार्टी र नेतृत्व निर्माणमा परम्परागत मान्यताबाट बाहिर आउन नसकेकोसमेत बताउनुभयो । पार्टीको केन्द्रीय कमिटीमा समावेशीका साथै बाह्य क्षेत्रको सहभागीता पनि गराउनुपर्ने आफ्नो प्रस्ताव गरेको र त्यसमा समग्र पार्टी गम्भीर रहेको उहाले बताउनुभयो ।

त्यस्तै प्रचण्डले अहिले पनि लगातार संविधानमाथि प्रहार भइरहको भन्दै यसलाइ जोगाउन लागिपरेको धारणा राख्नुभयो । समाजवाद उन्मुख अर्थतन्त्रलाई ठिक ढंगले लागू गर्नका लागि अघि बढ्नुपर्ने उहाको भनाई छ ।

त्यस्तै महासंघका संस्थापक अध्यक्ष कृष्ण प्रसाद आचार्यले माओवादीको बिभिन्न कमिटीमा व्यवसायीहरुलाई कुनै स्थान नै नदिएको गुनासो गर्नुभयो । त्यस्तै सहभागीहरुले अहिलेको अर्थतन्त्र सुधारका लागि आवश्यक कदम चाल्नुपर्ने सुझाव दिएका थिए ।

 

 

प्रतिक्रिया