हिमाल सुरक्षा परिषद नेपालले गर्यो ‘सशस्त्र युद्ध’को घोषणा!

admin

काठमाडौं,२५ फागुन : ‘हिमाल सुरक्षा परिषद नेपाल’ले ‘सशस्त्र यु द्ध’को घोषणा गरेको जनाएको छ। भूमिगत शैलीमा आतङक सिर्जना गरिरहेको सो समूहले एक विज्ञप्ती जारी गर्दै सशस्त्र युद्धको घोषणा गरेको जनाएको छ।


उक्त समूहले विज्ञप्तिमार्फत एमसीसी सम्झौता अनुमोदनको विरोध गर्दै संवैधानिक राजतन्त्र, बहुदलिय प्रजातन्त्रसहित २०४७ सालको संविधान लागू गर्न माग पनि गरेको छ।

संवैधानिक राजतन्त्र, बहुदलीय प्रजातन्त्र पुर्नस्थापनाका लागि आफूहरूले सशस्त्र यु’द्धको घोषणा गर्नुपरेको परिषद्का अध्यक्षद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘यो देशको परिस्थिति भ्रष्ट्राचार देशद्रो’ही र खर्चिलो संघीयतालाई ध्यान दिएर सशस्त्र यु’द्धको घोषणा गर्दछौं’, विज्ञप्तिमा भनिएको छ । परिषद्ले विभिन्न २० बुँदे माग राखी सशस्त्र यु’द्धको घोषणा गरेको जनाएको छ ।

जसमा एमसिसी सम्झौता खारेज गरिनुपर्ने, नागरिकता छानबिन गर्नुपर्ने, भारत–चीन सीमा विवाद समाधान गरिनुपर्ने, स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्नेजस्ता माग छन् ।

प्रतिक्रिया