हट्यो लमजुङको अनिश्चितकालीन कर्फ्यू

admin

लमजुङ,२६ फागुन :  गण्डकी प्रदेशअन्तर्गत लमजुङ सुन्दरबजार नगरपालिकास्थित सिउँडीबार क्षेत्रमा आज बिहान ६ बजेदेखि जारी अनिश्चितकालनीन निषेधाज्ञा हटेको छ ।

विद्यार्थीको मृत्युको विषयलाई लिएर पीडित पक्षधरले आन्दोलन चर्काएपछि जारी निषेधाज्ञा जारी गरिएको थियो ।पीडित पक्षले आज कानुनविपरीत कुनै क्रियाकलाप नगर्ने र कानुनबमोजिम अघि बढ्ने सहमति गरेपछि राति ९ बजेदेखि निषेधाज्ञा हटाइएको हो ।

सुन्दरबजार–९ स्थित मस्र्याङ्दी नदीमा पौडी खेल्ने क्रममा फ्यूचर स्टार आवासीय माध्यमिक विद्यालय कक्षा १० मा अध्यनरत तनहुँ भानु नगरपालिका वडा नं ९ घर भएका १७ वर्षीय सनिज श्रेष्ठको मङ्गलबार मृ त्यु भएपश्चात् उत्पन्न विषम परिस्थितिलाई मध्यनजगर गर्दै निषेधाज्ञा गरिएको थियो ।

परिस्थितिलाई सामान्य बनाएर कानुनअनुसार अघि बढ्ने सहमति पीडित पक्षधारसँग भएसँगै निषेधाज्ञा हटाइएको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सो क्षेत्रमा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफाबमोजिम सुन्दरबजार–७ को पूर्व–दक्षिणस्थित पाउँदी पुल, पूर्वतर्फ राइनासतर्फको मस्र्याङ्दी नदीको पुल, पश्चिमतर्फ सोही नगरपालिका–९ को मध्यमस्र्याङ्दी जलविद्युत् आयोजना केन्द्रको विद्युत् केन्द्रको आवास क्षेत्रको गेट अगाडिको पुल र उत्तरतर्फ सोही वडाको सिउँडीबार चोकसमेत चारकिल्ला क्षेत्रमा जारी निषेधाज्ञा हटेको छ ।”

प्रतिक्रिया