एमालेनिकट कर्मचारी संगठनले फागुन २८ देखि राष्ट्रिय अधिवेशन गर्ने

admin

काठमाडौं,२६ फागुन :  नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी संगठनले यही फागुन २८ गतेदेखि ११औं राष्ट्रिय अधिवेशन गर्ने भएको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संगठनले फागुन २८ गते एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा कार्की ब्याङ्क्वेट थापाथली हाइट, काठमाडौंमा अधिवेशनको उद्घाटन हुने जानकारी दिएको हो ।

संगठनले आगामी फागुन २८–२९ गते हुने ११औं राष्ट्रिय अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको पनि जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै संगठनका संयोजक केदारप्रसाद देवकोटाले ११औं राष्ट्रिय अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको जनाउनुभयो । उहाले ७७ जिल्ला तथा ३६ विभागीय कार्य समितिहरुका अधिवेशन सम्पन्न भइसकेको बताउनुभयो ।

अधिवेशनले निजामती सेवाको सांगठनिक ढाँचा तथा स्वरुप, संघ, प्रदेश र स्थानीय निजामती सेवा ऐनमा समावेश हुनुपर्ने विषयहरुको बारेमा ब्यापक छलफल गर्ने उहाको भनाई छ ।  उहाले नयाँ नेतृत्वको चयन मतदानमार्फत नभई सर्वसम्मत रुपले गर्ने पनि बताउनुभयो ।

 

प्रतिक्रिया