मतगणनामा सहजता ल्याउन चुनाव चिन्हको रंग हरियो रोज्यौं : निर्वाचन आयोग

admin

काठमाडौं,२६ फागुन : निर्वाचन आयोगले मतगणनामा सहजता ल्याउन मतपत्रमा चुनाव चिह्न हरियो रंगको बनाउन लागिएको स्पष्ट पारेको छ ।

बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले मतपत्र र स्वस्तीक चिन्ह एउटै हुँदा मतगणनामा समस्या हुने देखिएकाले मतपत्रलाई हरियो रंगको बनाउन लागिएको र यो नितान्त प्राविधिक काम भएको बताउनुभएको हो ।

गणनामा सजिलो होस् भन्ने उद्देश्यले मात्र चुनाव चिह्नको रङ र स्वस्तिक छापको रङमा भिन्नता ल्याउन खोजिएको भन्दै उहाले यसमा द्विविधा भए आयोगले प्रष्ट पार्ने धारणा राख्नुभयो ।

त्यस्तै आयोगसंग भएको भोटिङ मेशिनबाट मतदान गर्दा प्राविधिक समस्या देखिने भएकाले प्रयोग गर्न नसकिने अर्यालले बताउनुभयो । उहाले विदेशमा रहेका नेपालीहरुलाई निर्वाचनमा भाग लिने व्यवस्थाका लागि कानूनी पूर्वाधार नवनेको उल्लेख गर्नुभयो ।

त्यस्तै अर्यालले मतदाता नामावली अध्यावधिक गर्ने काम नियमित भइरहेको र अन्तिम नामावली गर्ने चरणमा आयोग पुगेको जानकारी दिनुभयो ।

त्यस्तै निर्वाचन प्रयोजनका लागि २३ प्रकारका निर्वाचन सामाग्रीहरु खरिदका लागि न्युनतम खरिद मूल्य प्रस्ताव गर्ने कम्पनीको नाम स्वीकृत भएको र सम्झौताको प्रक्रियामा रहेको जानकारी दिनुभयो ।

त्यस्तै आयोगले मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नाम प्राप्त भएको र अध्ययनको क्रममा रहेको जनाएको छ ।

 

प्रतिक्रिया