भिजिट भिसामा विदेश जान सरकारले गर्‍यो नयाँ व्यवस्था

admin

काठमाडौं,२६ फागुन : सरकारले भिजिट भिसामा विदेश जाने व्यक्तिका लागि नयाँ नियम लागू गरेको छ। नयाँ कार्यविधि नबन्दासम्म लागू हुने उक्त नियमबारे बिहीबार परिपत्र गरिएको छ।

भिजिट भिसाबाट सिर्जित समस्या समाधानका उपाय सम्बन्धमा सिफारिस गर्न गठित कार्यदलको सुझाव अनुसार कार्यविधि तयार भइरहेको भन्दै अन्तरिम व्यवस्थाका लागि परिपत्र भएको हो। उक्त कार्यविधि तयार नहुँदासम्म परिपत्र लागू हुनेछ।

परिपत्र अनुसार खाडी मुलुकभन्दा बाहिर कम्तीमा एक पटक र खाडी मुलुकमा दुई पटक यात्रा अभिलेख भएका व्यक्तिहरु भिजिट भिसामा विदेश जान पाउनेछन्। यस्तै, अंग्रेजी वा जान लागेको मुलुकको भाषा जानेको हुनुपर्ने पनि परिपत्रमा उल्लेख छ।

गन्तव्य मुलुकमा रहेको दूतावासबाट प्रमाणित कागजात भएका व्यक्ति, नेपालमा सामान आयात निर्यात गर्ने व्यवसायिक संस्थाका प्रतिनिधिले पनि यात्रा गर्न पाउनेछन्।

कर प्रणालीमा आवद्ध भएका र वार्षिक कम्तीमा पाँच लाख आम्दानी भएका व्यक्ति, ट्राभल एजेन्सीको घोषित टुर प्याकेजमा विदेश जान लागेका व्यक्ति, वैदेशिक रोजगारीको बजार प्रवद्र्धनमा जाने व्यक्तिले पनि यात्रा अनुमति पाउनेछन्।

 

प्रतिक्रिया