चुनावी तालमेलका विषयमा कांग्रेसभित्र दुई धार

admin

काठमाडौं,२७ फागुन : स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने कि नगर्ने भन्ने विषयमा प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसभित्र विवाद बढेको छ ।

कांग्रेसको संस्थापन पक्ष आगामी तीनै तहका निर्वाचनमा सत्तारूढ गठबन्धन आबद्ध दलबीच चुनावी तालमेलको पक्षमा छ भने संस्थापन इतर पक्ष तालमेल गर्नै नहुने पक्षमा छ । कांग्रेसले आधिकारिक रूपमा निर्वाचनमा कसरी जाने भन्ने विषयमा भने बोलेको छैन ।

कांग्रेसभित्र १४औं महाधिवेशनपछि इतर पक्षको नेतृत्व गर्दै आएका डा. शेखर कोइरालाले कांग्रेस कसैलाई जिताउन स्थानीय तहको निर्वाचनमा तालमेल गर्न अघि सर्न नहुने बताउँदै आइरहेका छन् । उनकै आशयलाई कांग्रेस उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापाले पनि साथ दिँदै आइरहेका छन् ।

तर, सभापति शेरबहादुर देउवाले भने तीनै तहको निर्वाचनमा सत्ताधारी दलबीच तालमेल हुने संकेत गरेका छन् ।

बिहीबार वीरगन्जमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहेका देउवाले निर्वाचनमा गठबन्धनबीच तालमेल हुन्न भनेर कसैलाई नचिढ्याउन पार्टीका नेताकार्यकर्तालाई निर्देशन नै दिए । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रतिक्रिया