एमसीसीको ग्लोबल टेण्डरमा भाग लिन नेपालका निर्माण व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

admin

काठमाडौं,२७ फागुन : प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अन्तर्गत हुने पूर्वाधार निर्माणको ग्लोबल टेण्डरमा सहभागी हुन नेपालका निर्माण व्यवसायीलाई सुझाव दिनुभएको छ ।

शुक्रबार काठमाडौंमा नेपाल निर्माण व्यवसायी महासङ्घको २३ औं साधारण सभाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले अमेरिकी कानुन अनुसार अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गराउनुपर्ने भएकाले एमसीसी अन्तर्गतका परियोजनामा नेपालका निर्माण व्यवसायीले पनि भाग लिनुपर्ने बताउनुभएको हो ।

उहाले नेपाली निर्माण व्यवसायीले एमसीसी अन्तर्गतका आयोजना प्राप्त गर्न सके आफु पनि खुसी हुने जिकिर गर्नुभयो । त्यस्तै प्रधानमन्त्री देउवाले समयमा नै निर्माण सम्पन्न हुन नसक्ने समस्यालाई समाधान गर्नुपर्ने धारणा राख्नुभयो ।

उहाले निर्माण व्यवसायीलाई सहुलियतका लागि सरकारले सार्वजनिक खरिद लगायतका नियमावली संशोधन लगायतका विषयमा सरकार लचिलो रहेको उल्लेख गर्नुभयो ।

मुलुकलाई समृद्ध बनाउनका लागि सरकारसँगै निजी क्षेत्रको सहकार्य एवं समन्वय अपरिहार्य रहेको उहाको भनाई छ ।

कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणले निर्माण व्यवसायीहरुको क्षमता अभिवृद्धि गर्न सरकार तयार रहेको भन्दै व्यवसायीमैत्री कानून निर्माण गरिएको जानकारी दिनुभयो ।

उहाले निर्माण व्यवसायी देशका धरोधर भएको भन्दै कुनै पनि व्यवसायीलाई सुरक्षा दिने काम सरकारले गर्ने स्पष्ट पार्नुभयो । कार्यक्रममा व्यवसायीहरुले राज्यले आफुहरुको समस्यमा गम्भीरता नदेखाएको गुनासो गरेका थिए ।

प्रतिक्रिया