भारतीय नागरिकको ह त्यामा संलग्न २ जना प क्रा उ

admin

काठमाडौं,२७ फागुन : एक जना भारतीय नागरिकको ह त्याको आरोपमा प्र ह रीले दुई जनालाई प क्रा उ गरेको छ ।

प क्रा उ पर्नेमा बाजुरा खप्तड छेडेदह गाउँपालिका–२ बस्ने २४ वर्षीय राजेन्द्र बुढा र सोही ठाउँ बस्ने २० वर्षीय भुपेन्द्र बुढा रहेका छन् ।

धनगढी उपमहानगरपालिका–४ शिवपुरी धाम नजिक डेरा गरी बस्ने भारत उत्तर प्रदेश सहेजापुर घर भएका ४२ वर्षीय कुलदीप गुप्ताको ह त्याको आरोपमा उनीहरुलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

धनगढी उपमहानगरपालिका–५ केराबारीस्थित सडक किनाराको नालीमा गत सोमबार कुलदीप गुप्ताको श व फेला परेको थियो ।

सुदूर पश्चिम प्रदेश प्र ह री कार्यालय र जिल्ला प्र ह री कार्यालय कैलालीबाट खटिएको प्र ह रीले अनुसन्धानको क्रममा उनीहरूलाई प क्रा उ गरेको हो ।

धनगढी उपमहानगरपालिका–१ स्थित मिल्कि फन आइसक्रिमका सञ्चालकसँग फागुन २२ गते आइसक्रिम विक्री गरे बापत १ हजार २४० रुपैयाँ बुझी हिँडेका कुलदीपसँग से।१ घ २८६६ नम्बरको अटोमा जाँदै गरेका राजेन्द्र र भुपेन्द्रको पार्कमोड नजिक भेट भएको थियो ।

कुलदीपलाई समेत अटोमा लिएर जाने क्रममा उनीहरुबीच भाडाको बिषयमा वि वा द भएको प्रहरीले जनाएको छ ।

उनीहरूबीच हा तपा त हुँदा कुलदीप सडक छेउ नालीमा खसेपछि भुपेन्द्रले काठको टुक्रा प्र हार गरी ह त्या गरेको अनुसन्धानका क्रममा खुल्न आएको प्र ह रीले जनाएको छ । उनीहरू माथि ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया