थप ६५ जनामा कोरोना पुष्टि

admin

काठमाडौं,२९ फागुन : मुलुकभर पछिल्लो २४ घण्टामा ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ९४७ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ६ हजार ३०६ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ५९ जना र १ हजार ५४१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १७ हजार ८७९ पुगेको छ । सोही अवधिमा ८८ हजार ४८८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा ४ हजार ९१७ जना सक्रिय संक्रमितहरुका रहेका छन् ।

पछिल्लो २४ घण्टामा १९२ जना कोरोना मुक्त भए, ० संक्रमितको मृ त्यु
कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ सय ९२ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख ६१ हजार ७० पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ७ हजार ९४७ जनाको परीक्षण हुँदा हालसम्म कुल ६५ लाख ७८ हजार २४९ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ । यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कुनै पनि संक्रमितको मृत्यु भएको छैन । हाल नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९५० पुगेको छ ।

प्रतिक्रिया