प्रकाश सपुतको गीत ‘पीर’ लाई विवादित बनाउने माओवादीलाई युथ फोर्सले दियाे चेतावनी

admin

काठमाडौं,२९ फागुन : म्युजिक भिडियो निर्माण गरेकै आधारमा गायक प्रकाश सपूतलाई धम्की दिले नेकपा (माओवादी केन्द्र)का नेता-कार्यकर्तालाई राष्ट्रिय युवा संघ नेपालको युथ फोर्स विभागले चेतावनी दिएको छ।

सपूतले भर्खरै सार्वजनिक गरेको ‘पिर’ नामक नयाँ म्युजिक भिडियोलाई लिएर माओवादी नेता-कार्यकर्ता आक्रोशित भएका छन् । गीतकै विषयमा सपूतवि रु द्ध धम्कीपूर्ण भाषा प्रयोग भएपछि आइतबार युथ फोर्सका प्रमुख पुष्पराज श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै ध म्की दिनेलाई चे ता व नी दिएका हुन्।

‘देशको गहनाका रुपमा उदयमान प्रकाश सपूतजस्तो प्रतिभाविरुद्ध भइरहेका ध म्की पूर्ण भाषाको प्रतिकार गर्न युथ फोर्स नेपाल हरदम तयार छ’, विज्ञप्तिमा भनिएको छ,’यदि कानुन सम्बत भएको रचनालाई कसैले धम्की दिई रोक्न खोजिन्छ र राजनीतिक नाममा अराजनीतिक गतिविधि गर्न खोजिन्छ भने यसको प्रतिकार गर्ने मुलुकमा युथ फोर्स नेपाल रहेको अवगत गराउँदै यस्ता धम्कीपूर्ण कार्य रोक्न सुझाव दिन चाहान्छौँ।’

युथ फोर्सले गीतको विषयमा माओवादी नेता-कार्यकर्ता संकेत गर्दै ‘चोरको खुट्टा काट भन्दा चोरले खुट्टा तानेको’ प्रष्ट पारेको छ।

कलाकारले कलाकारिताको माध्यमबाट यथार्थ चित्रण हुनेगरी मनोरञ्जन दिने अभिप्रायले सिर्जना गरेको हुने र कलाकारले देखाएको प्रतिभालाई रोक्ने अधिकार कसैमा नहुनेसमेत विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रतिक्रिया