महिला हिंसा विरुद्ध लड्न काठमाडौंमा दक्षिण एसियाली सम्मेलन

admin

काठमाडौं,३० फागुन : महिला हिंसा विरुद्धको आवाजलाई विश्वब्यापी रूपमा उठाउँदै हिंसा अन्त्यका लागि एक्येवद्धता जनाउन मंगलबारबाट काठमाडौंमा दुई दिने दक्षिण एसियाली सम्मेलन हुने भएको छ ।

वुमन एनजीओ फेडेरेसन, राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय महिला आयोग एभ्री वुमन नामक संस्थाको संयुक्त आयोजनामा हुने उक्त सम्मेलनमा महिला हिंसाका विविध पाटोलाई उजागर गर्दै हिंसापीडितको न्यायमा पहुँच कसरी पु¥याउन सकिन्छ भन्नेमा जोड दिइने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

पत्रकार सम्मेलनमा राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले बालिका, किशोरी, अपांगता भएका महिला, यौनिक अल्पसंख्यक, सिमान्तकृतलगायतका समूदायका महिला बढी हिंसा प्रभावित हुने गरेको बताउनुभयो ।

लैंगिक हिसावले भ्रुण हत्यादेखि धर्तीमा वृद्ध हजुरआमामाथि हुने हिंसालाई केलाएर सम्बोधन गरिनुपर्ने र हिंसा प्रभावितलाई न्यायमा पहुँच दिलाउनु सम्मेलनको मुख्य उदेश्य रहेको उहाले बताउनुभयो ।

त्यस्तै सम्मेलनमा दक्षिण एसिया, अमेरिकालगायतबाट महिला अधिकारकर्मी, लेखक, मानवअधिकारकर्मी सहभागि हुने स्वाम नेपालकी अध्यक्ष निर्मला शर्माले जानकारी दिनुभयो ।

त्यसैगरि राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लीली थापाले महिला हिंसा भनेको मानव अधिकारको हनन् भएकाले यस्ता हिंसालाई अन्तराष्ट्रिय रुपमै कसरी सम्बोधन र न्युनिकरण गर्न सकिन्छ भन्ने विषय सम्मेलनमा उठाइने बताउनुभयो ।

प्रतिक्रिया