‘हिजो आजका कुरा’ को प्रदर्शन पक्का

admin

काठमाडौं,३० फागुन : बरिष्ट अभिनेता सन्तोष पन्तले निर्माण गरेको हाँस्य प्रदान सामाजिक कथानक चलचित्र ‘हिजो आजका कुरा’ को प्रदर्शन मिति तय गरिएको छ ।

आफ्नो चलचित्र ०७९ सालको असोज २८ गते दर्शकमाझ आउने जानकारी निर्देशक साकार पन्तले दिएका छन् ।

पहिला ०७७ बैशाख १२ मा प्रदर्शन हुने तयारीमा रहेको चलचित्र कोरोना महामारीका कारण सरकारले गरेको लकडाउनमा परेको थियो । अब भने ‘हिजो आजका कुरा’ दशैतिहारको माहौल पारेर प्रदर्शन गर्न लागीएको हो ।

बिके फिल्मस् र एफडिले बितरण गर्ने फिल्ममा सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, केकी अधिकारी,ऋचा शर्मा,दिब्यदेव पन्त,रिमा बिश्वकर्मा,स्व.जयनन्द लामा,लक्ष्मी भुसाल,जेविका कार्की, रमेश अधिकारी, बिनय कुँइकेल,अनुष्का अधिकारी,निराजनप्रसाद अर्याल,सबिन शाक्य,कमला रेग्मी,रिहान केसी (बालकलाकार) लगायतकोे अभिनय छ ।

पन्त फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित फिल्मको कथा बरिष्ट अभिनेता पन्तले लेखेका हुन् भने पटकथा सन्दीप किस्नाको छ । रवि सायमीले खिचेको फिल्मको कार्यकारी निर्मातामा प्रतिभा पन्त,सह निर्मातामा बैकुण्ठप्रसाद उपाध्याय (अशोक) र सचितकुमार मिश्र छन् ।

थुप्रै सेलिब्रेटीलाई एकसाथ प्रस्तुत गरिएको चलचित्रको ‘माया जदौ’ बोलको गीत निकै चर्चित छ । दुई बर्षअघि अप्लोड गरिएको सो गीत युट्युवमा अहिलेसम्म साढे दुई करोड भन्दा बढी पटक हेरिसकिएको छ । दीपक शर्माको संगीत, आनन्द अधिकारीको शब्द तथा रामकृष्ण ढकाल र मेलिना राईको स्वरमा रहेको गीतको कोरियोग्राफी कबिराज गहतराजले गरेका हुन् ।

प्रतिक्रिया