तीन महिनाको स्टक उपलव्ध गराउन फलामे छड बिक्रेतालाई निर्देशन

admin

काठमाडौं,३० फागुन : फलामे छडको मूल्य अत्याधिक बृद्धि भएपछि बाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण बिभागले तीन महिनाको स्टक उपलव्ध गराउन बिक्रेताहरुलाई निर्देशन दिएको छ ।

बाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण बिभाग र जिल्ला प्रशासन कार्यालय काठमाडौंको टोलीले सोमबार काठमाडौंका फलामे छड बिक्रि गर्ने ठूला पसलहरुको संयुक्त रुपमा अनुगमन गर्दै पौष, माघ र फाल्गुन महिनाको स्टक मूल्यसहित तीन दिन भित्र उपलव्ध गराउन निर्देशन दिएको हो ।

एक महिनामा नै छडको भाउमा अत्याधिक बृद्धि भएपछि बजार अनुगमन गरिएको बिभागका निरिक्षण अधिकृत बिजय भट्टराईले जानकारी दिनुभयो ।

त्यस्तै अनुगमनका क्रममा फलामे छडको मूल्य सूची अपग्रेड नगरेको भन्दै एक पसललाई ५० हजार जरिवाना गरिएको उहाले बताउनुभयो । उहाले बिभागले छिटै तेल लगाएत अन्य खाद्य बस्तुको मूल्उबृद्धिका बिषयमा बजार अनुगमन गरिने बताउनुभयो ।

प्रतिक्रिया